• शनिबार-१-१५-२०८१/ 27-Saturday-2024
  • 06:08:42

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?


बुद्धि पुन, समाचार डेस्क,
सल्यान ३ असोज ।
सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दिनेश कुमार बिएमले प्राथामिक तहको खुल्ला कोटामा मुस्ताङबाट नाम निकाल्नु भएको हो ।


२०७४ सालमा भएको स्थानिय तहको निर्बाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएर निर्बाचित हुनु भएको वडाअध्यक्ष बिएमले गत बर्षको असोज महिनामा शिक्षक सेवा आयोग मार्फत प्राथामिक तहको लागी परिक्षा दिनुभएको थियो । हालै सार्वजनिक भएको नतिजामा उहाँ सफल भएपछि वडाअध्यक्ष बिएमको अबको यात्रा कता भनेर सबैले चासोका साथ हेरेका छन् ।


अझ सोचक बिषय त के छ भने उहाँ वडाअध्यक्षमा निर्बाचत गोलाप्रथाद्धारा हुनु भएको थियो । तत्किालिन नेकपा एमालेका उम्मेदवार देबेन्द्र रोका र वडाअध्यक्ष बिएमले समान ३ सय २१ मत प्राप्त गर्नु भएको थियो । पछि दुबै जनाको सहमतिमा गोलाप्रथा गर्दा बिएम बिजयी हुनुभएको थियो ।


यसरी हेर्दा अब करिब २ बर्ष वडाअध्यक्ष भएर काम गर्ने की सरकारी जागिर खाएर मुस्ताङ जाने भन्ने बिषयमा समस्या देखिएको छ । रेडियो राप्ती संग कुराकानी गर्दै वडाअध्यक्ष बिएमले यस बिषयमा आफुले सोच्न बाँकी रहेको बताउनुभएको छ ।


म अहिले २८ बर्षको भए, मैले अहिले वडाअध्यक्षको रुपमा काम गरिरहेको छु, तर हालै सार्वजनिक भएको शिक्षक सेवा आयोगको परिक्षामा प्राबि तहमा खुल्लाबाट स्थायीमा नाम निक्लिएको छ उहाँले भन्नुभयो अब के गर्ने भनेर सोचिरहेको छु । पारिवारिक सल्लाह र ब्यक्तिगत निर्णयबाट नै आगामी दिशा निर्दिष्ट हुने उहाँको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

नेकपा कर्णालीको सह–इन्चार्ज बन्ने- को हुन् प्रकाश ज्वाला ?

समाचार डेस्क, रेडियो राप्ती, सल्यान ३१, साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रकाश ज्वाला नेकपा कर्णाली प्रदेशको सह–इन्चार्ज बन्नु भएको छ