• शुक्रबार-१-१४-२०८१/ 26-Friday-2024
  • 08:08:47

नेकपाको एकिकरण गर्न सल्यानमा कार्यदल गठन


बुद्धि पुन, रेडियो राप्ती
सल्यान १२,पुस ।
सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकिकरण छिटो भन्दा छिटो हुने भएको छ । नेकपाको बिबिध कारणले जिल्ला एवं स्थानीय तहका कमिटीका साथै जनवर्गीय संगठनहरुको टुंगो अझै लाग्न नसकेको बेला सल्यानमा भने नेकपाको एकिकरण तत्काल गरिने भएको छ । जसका लागी जिल्ला स्तरीय कार्यदल गठन गरिएको छ ।


नेकपाका नेता प्रकाश ज्वालाको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरिएको हो । जसको सदस्यहरुमा नेकपाका नेताहरु टेक बहादुर बस्नेत, गुलावजंग शाह, भिम प्रकाश शर्मा, नेव बहादुर कवर, लोक बहादुर डाँगी, गोबिन्द कुमार पुन, कर्ण बहादुर बुढाथोकी रहनु भएको छ । यस कार्यदलले जनता संग पार्टीको सरकार अभियान सञ्चालन गर्ने भएको छ ।


नेकपा केन्द्रले प्रदेशलाई पूर्णता दिए जस्तै जिल्लाले स्थानिय तहहरुमा पूर्णता दिने कार्यदलका संयोजक ज्वालाले बताउनु भयो । उहाँले नेकपा कर्णाली प्रदेश कमिटीको बैठकले जिल्ला जिल्लामा नेकपाको एकिकरणको पुस महिना भरी जनतासँग पार्टीको सरकार अभियान सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो ।


सोही अनुसार सल्यानका सबै स्थानिय तहहरुमा अभियान सञ्चालन गर्न थालिएको उहाँको भनाई छ । जिल्लाका सबै स्थानिय तहहरुमा पार्टी एकिकरण गर्नको लागी कार्यदल गठन गरिएको बताउदैँ उहाँले निश्चित मापदण्ड बनाएर कार्यदलले काम अगाडी बढाउने बताउनुभयो । उहाँले कार्यदलले बनाएको मापदण्डको आधारमा आगामी माघ महिनादेखी सबै स्थानिय तहहरुमा एकिकरण गर्न शुरु गरिने बताउनुभयो ।


तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता प्रक्रिया ढिलासुस्ती हुँदा नेता, कार्यकर्ता चिन्तित बनेका बेला स्थानीय तहमा समिति निर्माणका कार्यदल गठन गरिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ३ जेठमा पार्टी एकीकरण भई नेकपा घोषणा भएको थियो ।

 

प्रतिकृया दिनुहोस

सभामुख निवासबाटै महरा पक्राउ

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ  । प्रहरीले उनलाई आइतबार अपराहृन

यस बर्ष कर्णालीको बिकास बजेट धेरै खर्च हुन्छ : राजनितिक सल्लाहकार शर्मा

  रेडियो राप्ती, समाचार डेस्क, सल्यान ७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली

सल्यानका एक जनप्रतिनिधि : वडाअध्यक्ष कि सरकारी जागिर ?

बुद्धि पुन, समाचार डेस्क, सल्यान ३ असोज । सल्यानका एक जनप्रतिनिधिले सरकारी कोटामा नाम निकाल्न भएको छ । जिल्लाको सिद्धकुमाख गाउपालिका वडा नम्बर ४ का